लण्डन– गैर आवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा जापानबाट चिरन्जिबी थापाले उम्मेदवारी दिने घोषणा गरेका छन् । थापाले आइतवार जापानमा आयोजिक एक कार्यक्रमका बीच अक्टोवर महिनामा हुने विश्व सम्मेलनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।


ADVERTISEMENT


“आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेको छु, औपाचारिक घोषणा काठमाण्डौंबाट गर्ने छु” उनले भने“एनआरएन अभियानमा मेरो बिगत र भावी अनुभवन र प्रतिबद्धतालाई मध्यनजर गरेर फेरी उम्मेदवार बन्ने निर्णय गरेको छु ।


ADVERTISEMENT

# # #


२००५ देखि गैर आवासीय नेपाली संघमा आबद्ध थापा एनआरएन जापानको सदस्य ,कोषाध्यक्ष हुँदै सल्लाहाकारमा बसी काम गरेका छन् ।
नेपालमा बिधुत्तीय सोलार , होटल , रेमिट ब्याङ्किङ्गमा समेत लगानी गरेका छन् ।