पर्सा– पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले)को समूह विजयी भएको छ ।
अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी भएका छन् ।


ADVERTISEMENT


अन्सारीले आप्mना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुलमान मियाँ दर्जीलाई १८५ मतको अन्तरले पराजित गरेको पटेर्वासुगौली गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जनाकारी दिए ।


ADVERTISEMENT

# # #


अन्सारीले ४९० र दर्जीले ३०५ मत हासिल गर्नुभएको छ । पटेर्वासुगौली गाउँपालिका वडा नं २ को मतगणना बिहान १० बजेदेखि शुरु भएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।

यसैबीच वीरगञ्ज महानगपालिकाको मतगणना आज बिहान ११ः३० बजेदेखि वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा शुरु गर्ने सर्वदलीय सहमति भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बत्तीस वटा वडा रहको महानगरपालिकाका १ र ३२, २ र ३१ गरी वडाका मत गन्ती गरिने दलबीच सहमति भएको छ ।