काठमाडौँ – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।


ADVERTISEMENT


लघुवित्तले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर १७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।


ADVERTISEMENT

# # #


नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।