काठमाडौँ – नेपाल भारत अन्तरदेशीय व्यापारका लागि नयाँ रुटको अध्ययन गरिने भएको छ ।


ADVERTISEMENT


बिहीवार र शुक्रवार सम्पन्न नेपाल भारत अन्तर सरकारी उपसमितको सहसचिवस्तरीय द्धिदेशीय वाणिज्य वार्ताले व्यापारका लागि हाल सञ्चालित रुटबाहेक थप अन्य रुटको पनि अध्ययन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


हाल नेपाल भारतबीच ६ वटा प्रमुख र डेढ दर्जन साना नाकाबाट अन्तरदेशीय व्यापार हुँदै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि रेलमार्ग र जलमार्गबाट पनि द्धिदेशीय व्यापारका लागि जलमार्ग र रेलमार्गबाट व्यापार गर्ने सम्झौता भइसकेको छ ।

वैठकले बोर्डरमा अत्याधुनिक प्रविधिसहितको पूर्वाधार निर्माण गरी व्यापार गर्न सकिने थप नाकाको पनि अध्ययन गर्ने तयारी गरेको हो ।