काठमाडौँ, २७ फागुन । जाजरकोटको भेरीमालिका नगरपालिका–४ मा बिहीबार अपरान्ह भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २६ जना पुगेको नेपाली सेनाले जनाएको छ ।


ADVERTISEMENT


सो दुर्घटनामा २६ जना गम्भीर घाइते भएको र नौजना सामान्य घाइतेको उपचार गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


दुर्घटना हुनासाथ नेपाली सेनाको हेलिकप्टर गएर उपचार कार्य गरेको थियो । सेनाको हेलिकप्टरमार्फत १८ घाइतेलाई उपचारका लागि नेपालगन्ज पु¥याइएको र उनीहरुको नेपालगन्ज नर्सिङ होमलगायत अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।