हेटौँडा – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारको सबैभन्दा पुरानोमध्ये एक मानिएको प्राकृतिक चिकित्सा पद्धतिलाई संरक्षण र संवद्र्धन गरिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्वारा हेटौँडामा सञ्चालित पुनर्नवा अस्पताल (प्राकृतिक चिकित्सा) को उद्घाटन कार्यक्रममा शनिबार उहाँले गर्नुहुँदै वैकल्पिक उपचार पद्धतिका रूपमा रहेको प्राकृतिक चिकित्साको विकासमा सरकारले सहयोग गर्ने धारणा राखे । पौडेलले हेटौँडामा सञ्चालित पुनर्नवा अस्पताल सबैको साझा सम्पत्ति भएको उल्लेख गरे ।


ADVERTISEMENT

# # #


अस्पताललाई टिकाउन तथा माथि उठाइराख्न सबैले अपनत्व लिनुपर्ने उनको भनाइ थियो । उनले अस्पताल स्थापना भएको केही महिनामै सेवाग्राहीको मन जित्न सकेको पाइएको बताउँदै गुणस्तरीय सेवा प्रवाहमा निरन्तर लाग्न अनुरोध गरे।

तीन दिनदेखि हराएका सुवेदी मृत फेला

तीन दिनदेखि हराएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का सीताराम सुवेदीलाई हेटौँडा–८ स्थित सनउड कोलोनीमा मृतावस्थामा भेटिएको छ । शनिबार फेला परेको शवको सनाखतपछि शव सुवेदीको भएको बुझिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

परिवारका अनुसार ५० वर्षीय सुवेदी तीन दिनदेखि सम्पर्कविहीन भएका थिए । सञ्चारमाध्यममा मृतावस्थामा फेला परेको फोटोसहित समाचार आएपछि परिवारका सदस्यले मकवानपुर प्रहरीसँग समन्वय गरेका थिए । परिवार सम्पर्कमा आएपछि शवको सनाखत भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । हाल शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जनाइएको छ ।