काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्ने भएको छ ।


ADVERTISEMENT


बैँकले उक्त प्रणाली सञ्चालनका लागि नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा बैँकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झौता पश्चात माछापुच्छ्रे बैंकका व्यावसायिक ग्राहकहरुले बैंकको मोवाइल बैंकिङ्ग एप तथा इन्टरनेट बैंकिंङ्ग एप मार्फत बैंकमा नगई जहाँकहिँबाट आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, विभिन्न सेवाहरुको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।

उक्त प्रणाली मार्फत कनेक्ट आइपीएस अथवा एनसीएचएल आइपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ । साथै यस प्रणालीबाट कारोबार गर्दा बैंक तथा ‘कर्पोरेट पे’ दुबै तर्फबाट सुरक्षाका अधिकतम उपायहरु अपनाईएको हुदा माछापुच्छ्रे बैंकको डिजिटल माध्यम मार्फत हुने कारोबार सुरक्षित र भरपर्दो रहने बैँकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले ‘कर्पोरेट पे’ प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरेको छ ।