काठमाडौँ – अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकट टिमले घरेलू टोलीविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा लगातार दोस्रो जित हात पारेको छ । दोस्रो जितसँगै भारतले तीन खेलको सिरिज आफ्नो पोल्टामा पारेको छ ।


ADVERTISEMENT


आइतबार अष्ट्रेलियाको सिड्नी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित २० ओभरमा १९४ रन बनायो । १९५ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको भारतले १९.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । भारतको जितका लागि शिखर धवनले अर्धशतकीय पारी खेले । त्यसक्रममा उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । यस्तै आक्रमक ब्याटिङ गरेका हार्दिक पाण्ड्याले २२ बलमा २ छक्का र ३ चौकाको मदतमा नटआउट ४४ रन बनाए ।


ADVERTISEMENT

# # #


यस्तै कप्तान विराट कोहली ४०, लोकेश राहुल ३० र सन्जु साम्सन १५ बलमा आउट हुँदा श्रेयश ऐए्यले नटआउट १२ रन जोडे । अष्ट्रेलियाका लागि डेनियल साम्स, एन्ड्य्रु टाई, मिचेल स्प्सन र अदाम ज्याम्पाले समान १–१ विकेट लिए ।

यसअघि अष्ट्रेलियाका लागि कप्तान म्याथ्य् वडेले सर्वाधिक ५८ रन जोडे । त्यसक्रममा उनले ३२ बलमा १० चौका र १ छक्का ठोके । यस्तै स्टिभ स्मिथ ४६ रनमा आउट हुँदा मोइसेस हेन्रिक्सले २६, ग्लेन म्याक्सवेलले २२ र मार्कस स्टोइनिक्सले १६ रन बनाए ।

भारतका लागि थांगरासु नटराजनले २ तथा युजेन्द्र चहालले र शार्दुल ठाकुरले समान १–१ विकेट लिए । यसअघि भारतले पहिलो टी–२० मा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको थियो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुँदैछ ।