कालीकोट – जिल्लाको शुभकालिका गाउँपालिका–३मा आगलागीमा परी एक किशोरीको मृत्यु भएको छ । आइतबार राति पृथ्वी बहादुर शाहीको घरमा
आगलागी हुँदा आगोले जलेर उनकी १५ वर्षीया छोरी हिरु शाहीको मृत्यु भएको हो ।


ADVERTISEMENT


आगो बाली सुतीरहेको अवस्थामा उक्त आगो नजिकै रहेको परालमा सल्किएर घरमा समेत आगलागीमा हुँदा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल कालिकोट हुँदै थप उपचारको लागि सुर्खेततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै आगलागीमा परी घाइते भएकी पृथ्वीकी १२ वर्षीया छोरी शर्मिला शाहीको प्रदेश अस्पताल सुर्खेतमा गम्भीर अवस्थामा उपचार भईरहेको छ ।


ADVERTISEMENT

# # #


स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।