काठमाडौँ – पछिल्ला वर्षहरुमा सवारी चोरी ह्वात्तै बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा सिँहदरबारकाअनुसार सार्वजनिक स्थलबाटै पनि मोटरसाइकलहरु चोरिएका घटना बढेका छन् ।


ADVERTISEMENT


चोरले यसरी चोरी भएका मोटरसाइकलको नम्बरप्लेट बदल्ने, रुप बदल्ने र तस्करी गर्ने जस्ता काम गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


महाशाखाले एक वर्षमा मात्रै ८६ वटा चोरीका मोटरसाइकल खोजतलास गरि सवारीधनीलाई बुझाएको छ । यो अवधिमा मोटरसाइकल चोरी गर्ने १४ जनालाई मात्रै प्रहरीले पक्राउ गर्न सफल भएको छ । महाशाखाले मोटरसाइकल चोरी गर्ने गिरोह नै सक्रिय भएको अनुमान गर्दै सार्वजनिक स्थलबाटै मोटरसाइकल तथा स्कुटर चोरी हुन थालेपछि सतर्क रहन अनुरोध गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले मोटरसाइकल चोरी गर्ने पेसेवर गिरोहलाई निगरानीमा राखी सादा पोशाकमा बिशेष अपरेसन टोली खटाइएर चोरिएका मोटरसाइकलहरूको खोजी गर्ने काम भइरहेको बताए ।