काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको पालामा भ्रष्टाचार कम भएको बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सन्देश दिँदै उनले विगत २ वर्षमा सुशासनको राम्रो थालनी भएकाले भ्रष्टाचार ओरालो लागेको बताएका हुन् ।


ADVERTISEMENT


यद्यपि, राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा सरकारले नै भ्रष्टाचारीको संरक्षण गरेको र हदैसम्म भ्रष्टाचार बढेको भनी प्रधानमन्त्री ओलीको चर्को आलोचना हुँदै आएको छ । पार्टीभित्रैबाट अर्का अध्यक्ष पुष्पकमल दाहालले लिखित रुपमा प्रधानमन्त्रीले नै भ्रष्टाचारीको संरक्षण गरिरहेको आरोप लगाएका छन् । प्रचण्डको आरोपको समर्थनमा नेकपाका वरिष्ठ नेताहरु माधव नेपाल, बामदेव गौतम, झलनाथ खनालहरु समेत रहेका छन् ।


ADVERTISEMENT

# # #


केही समय अघि सार्वजनिक भएको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले पनि नेपालमा भ्रष्टाचार झन् बढेको देखाएको थियो ।