काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा पार्न खोज्ने एक सवारी चालकलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


बुधवार साँझ ६ बजे बल्खु परीक्षा नियन्त्रण कार्यालय अगाडि सडकखण्डमा खटिएका ट्राफिक प्रहरी नायव निरीक्षक मिलन कुमार सिँहले सवारीले नियम उल्लंघन गरेबापत कारवाही गर्न लागेका थिए । ना ५ख ६१८९ नम्बरको ट्रकलाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत रोक्न निषेध गरेको ठाउँमा रोकेकोले कारवाही गर्न खोज्दा बाराका २९ वर्षीय उपेन्द्र अधिकारीले रु ५ सय दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।


ADVERTISEMENT

# # #


आर्थिक प्रलोभनमा पार्न खोजेकोले निजलाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी वृत कालिमाटीमा बुझाईएको महाशाखाले जनाएको छ ।