काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत प्रट्टी एन्टिनेनबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरवारस्थित मन्त्तालय पुगेर राजदूत एन्टिनेनले मन्त्री पौडेलसँग शिष्टाचार भेट गरेका हुन् ।


ADVERTISEMENT


भेटमा अर्थमन्त्री पौडेलले नेपाल र फिनल्याण्ड बीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए । अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि तथा कोभिड–१९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएको छ ।


ADVERTISEMENT

# # #


उक्त भेटमा राजदूतले सन् २०२० देखि २०२१ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराए । उनले नेपालसंग सहकार्य गर्दै सहायता अभिवृद्धि गर्दै जाने समेत बताए ।