काठमाडौँ – नेपाल आयल निगम प्रविधिमैत्री बन्दै संस्थागत सुधारमा अघि बढेको छ । निगमको प्रवन्ध निर्देशकमा सुरेन्द्र पौडेल आएसँगै आयल निगम फाइदामा जान थालेको छ ।


ADVERTISEMENT


सँधैँ घाटामा जाने निगममा सुधार हुँदै गएको देखिन्छ । निगमले स्वचालित मुल्य प्रणालीसहित लकिङ प्रणाली शुरु गरेपछि चुहावट नियन्त्रण भएको छ ।


ADVERTISEMENT

# # #


हाल भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन सञ्चालन गरिरहेको निगमले सिलुगुढीदेखि झापासम्म पनि पाइपलाइन विस्तार गर्ने योजना बनाएको छ । देशभर सातै प्रदेशमा ग्याँस भण्डारण डिपो निर्माणको योजना बनाएको निगमले झापा र चितवनमा ब्लग निर्माणको काम अघि बढाएको छ ।

दर्जन बढी महत्वकांक्षी योजना बनाएको निगमले ३ वर्षभित्र सबै योजना पूरा गर्ने बताएको छ । यससँगै निगमलाई अझैँ प्रविधिमैत्री बनाइ चुहावट नियन्त्रण गरी नाफामा लग्न कुनै कसर बाँकी नछाड्ने प्रवन्ध निर्देशक पौडेलले बताए । उनले भने, ‘डिजिटलाइजेशन नै सुशासनको पहिलो स्टेप हो।’ उनले भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गरी निगमलाई विकास गर्ने बताए ।