काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. (सेलपे) तथा नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा संचालक फोनपे पेमेण्ट सर्भिस लि.(फोनपे)विच सहकार्य भएको छ ।


ADVERTISEMENT


यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कका सम्पूर्ण मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन् । सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुमा भुक्तानी गर्दा उपलब्ध ग्राहक योजनाहरुको फाईदा उठाउन सक्नुका साथै हरेक क्यूआर भुक्तानीमा रिवार्ड पोइन्टस पनि पाउने सेलपेले जनाएको छ । उक्त सम्झौतापत्रमा सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधान तथा फोनपे पेमेण्ट सर्भिस लि. का तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


कोरोना भाइरस (कोभिड–१८) को संक्रमणबाट बच्नको लागि ग्राहकहरुको सुरक्षा र आवश्यकताहरुलाई ध्यानमा राखी सकेसम्म नगद कारोवार नगरी डिजिटल कारोवार गर्न सकियोस भनी यो सहकार्य गरिएको कम्पनीले जनाएको छ । साथै यस सहकार्यले सेलपे तथा फोनपेको एक अर्काका सेवाहरुबीच अन्तरआवद्धता भई ग्राहकहरुले अत्यधिक फाईदा उठाउन सक्ने छन् ।

यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कमा आवद्ध रहेका करीव १ लाख ६० हजार मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन् । सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुबाट कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एप्पबाट उक्त मर्चेण्टमा रहेको फोनपे क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।