काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशका ७७ वटै जिल्लामा व्यापक विरोध प्रदर्शन गरेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि पुल उद्घाटनका क्रममा भएको दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले देशैभर प्रदर्शन गरेको हो ।


ADVERTISEMENT


सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेको कांग्रेसको आरोप छ। सरकारको कार्यशैली र व्यवहारका कारण आमनागरिकमा सरकारप्रति व्यापक वितृष्णा फैलिएको दाबी कांग्रेसको छ।


ADVERTISEMENT

# # #


विरोध प्रदर्शनका लागि कांग्रेसले पार्टीका केन्द्रीय नेतालाई विभिन्न जिल्लामा सम्बोधनका लागि खटाएको थियो । जस अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्व प्रकाश शर्माले मकवानपुरको हेटौँडामा भएको विरोध सभालाई सम्बोधन गरेका थिए । त्यसक्रममा उनीहरुले सरकारको रवैयाकै कारण कांग्रेस कोरोना महामारीकाबीच पनि सडकमा आउन बाध्य भएको बताए ।

नेपाली काँग्रेसले सरकारविरुद्ध सोमबार रुपन्देहीको सदरमुकाम भैरहवामा निकालिएको र्‍याली ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौँमा भएको विरोध प्रदर्शनको सभालाई सम्बोधन गरे । उनले सरकार भ्रष्टाचारमा डुबेको, संविधान, संघीयता र लोकतन्त्र संकटमा पारेर सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाए ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री डा. शशांक कोइरालाले विराटनगर, सहमहामन्त्री प्रकाशशरण महतले झापा तथा सांसद गगन थापाले कैलालीको धनगढीमा भएको सभालाई सम्बोधन गरेका छन् ।

नेपाली काँग्रेस मकवानपुरद्धारा सोमबार हेटौँडामा आयोजित विरोध सभामा पार्टीका सभापति शेरबहादुर देउवा ।

नेपाली काँग्रेसले आव्हान गरेको सरकार विरोधी शक्ति प्रदर्शन कार्यक्रमअन्तर्गत खोटाङको दिक्तेल बजारमा सोमबार निकालिएको ¥यालीमा सहभागी नेता तथा कार्यकर्ता ।

नेपाली काङग्रेस जिल्ला कार्य समिति मोरङद्वारा सोमबार विराटनगरमा आयोजित .विरोधसभामा पार्टीका महामन्त्री डा शशांक कोइराला ।

पर्साको सदरमुकाम वीरगन्जमा निकालिएको विरोध प्रदर्शनमा सहभागी कांग्रेस नेता कार्यकर्ता ।

नेपाली काँग्रेसले सोमबार धनगढीमा गरेको विरोधसभामा केन्द्रीय सदस्य गगनकुमार थापा ।

पर्साको सदरमुकाम वीरगन्जमा निकालिएको विरोध प्रदर्शनमा सहभागी कांग्रेसका नेता कार्यकर्ता ।

रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा निकालिएको कांग्रेसको र्‍याली ।

नेपाली काँग्रेसले जनकपुरमा गरेको विरोध प्रदर्शन ।