काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अल्पमतमा परेपछि नयाँ केन्द्रिय सदस्य थप्ने निर्णय गरेका छन् ।


ADVERTISEMENT


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेपछि उनले ५ सय ५६ जना नयाँ सदस्यहरु थप्ने गरी आजै ११ सय ९९ जनाको महाधिवेशन आयोजक समिति बनाएका छन् ।


ADVERTISEMENT

# # #


अहिले चलिरहेको आफूनिकटको केन्द्रिय सदस्यको वैठकमा उनले महाधिवेशन आयोजक समिति बनाएको बताएका छन् ।

नेकपामा अहिले ४ सय ४६ जना केन्द्रीय सदस्य छन्। जसमध्ये प्रचण्ड–नेपाललाई ओलीभन्दा दोब्बर बढी केन्द्रिय सदस्यले साथ दिएका छन् ।