काठमाडौँ – नेपालको विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबले एशियन फुटबल महासंघ (एएफसी)को क्लब लाइसेन्स पाएको छ । एएफसी क्लब लाइसेन्स नियम २०२० को मापदण्ड गरेसँगै आर्मीले क्लब लाइसेन्स पाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।


ADVERTISEMENT


यससँगै त्रिभुवन आर्मी क्लब एएफसीबाट क्लबको लाइसेन्स पाउने एकमात्र नेपाली फुटबल क्लब बनेको छ । यसअघि पटक पटक लाइसेन्सका लागि निवेदन दिए पनि नेपालका कुनै पनि ए डिभिजन क्लबले लाइसेन्स पाउन सकेका थिएनन् ।


ADVERTISEMENT

# # #


एएफसीको लाईसेन्स पाएसँगै त्रिभुवन आर्मी एएफसीले आयोजना गर्ने प्रतियोगितामा सहभागी हुन पाउने भएको छ ।