काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक भोलि पुनः बस्ने भएको छ ।


ADVERTISEMENT


आजदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय सदस्य महेश आचार्य, डा नारायण खड्का र एनपी साउँदले आफ्नो धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने उनले बताए ।