काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको संसदीय दलका नेता पुष्पकमल दाहालले नयाँ सरकार बनाउने बताएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद्को पुनस्र्थापना गर्दै नयाँ सरकार बनाइने उनले बताएका हुन् ।


ADVERTISEMENT

# # #


बुधवार प्रचण्ड–नेपाल समूहको भेलाले माधव नेपाललाई अध्यक्ष र प्रचण्डलाई संसदीय दलका नेता चुनेको छ ।

नेता चुनिएपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिबद्धता छ । अरू संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा हामी छौं ।’