काठमाडौँ – औपचारिक विभाजनको मुखमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुबै समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।


ADVERTISEMENT


जसअनुसार नेकपाका प्रथम अध्यक्ष प्रधानमन्त्री केपी सहूमको बैठक बालुवाटारमा भइरहेको छ । बैठकमा पार्टीको कार्यक्रम र निर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मंगलबार पनि केन्द्रीय कमिटीको बैठक बसेको थियो । बैठकले केन्द्रीय कमिटी विस्तार गरेर १ हजार १ सय ९९ सय सदस्यीय बनाएको थियो । तीमध्ये ओलीले ५ सय ५६ जना थपेका थिए ।

यस्तै उनले नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएका थिए ।

यस्तै नेकपा प्रचण्ड– माधव समूहको केन्द्रीय कमिटीको बैठक पनि सुरु भएको छ । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक सुरु भएको हो ।

संसद विघटन गरेपछि ओलीविरुद्ध आक्रोशित बनेको प्रचण्ड–नेपाल समूहले मंगलबार केन्द्रीय कमिटिको बैठकबाट ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाउँदै माधव नेपाललाई अध्यक्ष बनाएको थियो । यस्तै बुधबार पार्टीको संसदीय दल बैठकको संसदीय दलको नेताबाट पनि ओलीलाई हटाउँदै प्रचण्डलाई चयन गरेको थियो ।