काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकमा आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको ओली समूहको बैठकमा बादल सहभागी भएका हुन् ।


ADVERTISEMENT


प्रचण्ड निकट मानिने पूर्व माओवादी नेता ‘बादल’ पछिल्लो समय ओलीसँग नजिएका थिए । तर, प्रतिधिसभा विघटनपछि उनी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कुनै पनि समूहको केन्द्रीय कमिटीको बैठकमा गएका थिएनन् ।


ADVERTISEMENT

# # #


बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गर्दै आएका थिए । तर, बिहीबार नै ओलीलाई भेटेका बादल अन्ततः ओलीतर्फ लागेका छन् ।

ओली समूहको आजको बैठकमा पूर्वमोओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन् ।

प्रचण्ड–नेपाल समूहमा फर्किए तामाङ दम्पत्ति

यस्तै अघिल्लो बैठकमा ओली समूहको केन्द्रीय कमिटि बैठकमा सहभागी भएका नेकपा नेता शेरबहादुर तामाङ आज प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका छन् ।

माधव कुमार नेपाल निकट मानिने तामाङ वि.सं २०७४को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष निर्वाचित भएका थिए । उनी कानुनमन्त्री समेत बनेका थिए ।
यस्तै प्रदेश १ की सांसद तथा नेकपा नेतृ उषाकला राई पनि प्रचण्ड–नेपाल समूहमै रहने भएकी छन् ।

राईले नेकपा ओली पक्षले दिएको केन्द्रीय सदस्य पद समेत अस्वीकार गरेकी थिइन् । उनी शेरबहादुर तामाङकी पत्नी समेत हुन् ।