काठमाडौं । विकास बैंकहरुमा अग्रणी गरिमा विकास बैंक लिमिटेडले ‘गरिमा सुरक्षित पेशागत कर्जा योजना’ सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


‘सपनालाई एउटा नयाँ उडान पेशागत कर्जा, बिना धितो’ नारासहित बैकले आकर्षक नयाँ योजना सार्वजनिक गरेको हो । योजना अनुसार
न्युनतम ब्याजदरमा १५ लाख सम्मको कर्जा बिनाधितो प्राप्त गर्न सकिने गरिमाले जनाएको छ ।


ADVERTISEMENT

# # #


ग्राहकहरुको सेवामा आफ्नो जिम्मेवारीलाई प्रभाबकारी बनाउँदै गरिमाले योजना अनुसार १५ लाख सम्मको कर्जा लगायत १५ लाख सम्मको दुर्घटना बीमा तथा १५ लाख सम्मको जीवन बीमा सुविधा समेत लिन सकिने बताईएको छ ।

बैंकका अनुसार ग्राहकहरुले तीन दिन भित्रै उक्त सेवा लिन सक्नेछन् ।