काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी ओली प्रवृत्तिकाविरुद्ध सबै जुध्नु पर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार बबरमहलमा आयोजित प्रचण्ड–नेपाल समूहको पत्रकार सम्मेलनमा बोल्दै नेपालले केपी ओलीका कारण नेपालमा कम्युनिस्ट आन्दोलन मात्रै होइन गणतन्त्र नै धरापमा परेको नेता नेपालले आरोप लगाए । उनले ओलीलाई ‘म मरे जोगी राजा’ भन्ने उखानको चरितार्थ गर्दै सम्पूर्ण उपललब्धि तहस नहस पारेको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘उहाँ (ओली)लाई एउटै कुरा मन पर्छ, केपी बा । यो केपीबा प्रवृत्तिका विरुद्ध जुधिएन भने दास भएर बस्नुपर्छ र कम्युनिस्ट पार्टीमा दासता स्वीकार्य छैन ।’

उनले आफहरुको विरोध दासता र स्वाधीनताबीचको लडाईं रहेको बताए । नेपालका कम्युनिस्ट पार्टीहरु अलोकतान्त्रिक बाटोमा जान्छन् भनेर भ्रम नपाल्न आग्रह गर्दै उनले भने, ‘जो त्यसतर्फ जान्छन्, च्यूत हुन्छन् ।

उनले नेकपाको सम्पत्तिका बारेमा बोल्दै जति पनि पार्टी कार्यालय छन् ती सबै आफ्नै पार्टीको बताए । उनले अरु सम्पत्ति आफूहरुलाई नचाहिने पनि बताए । यसअघि ओलीले प्रचण्डसँग लागेपछि पूर्वएमालेको सम्पत्तिमा नेपालले दावी गर्न नमिल्ने बताएका थिए ।