काठमाडौं – नेपाल प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोमन सर्पसँग तुलना गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार बबरमहलमा केन्द्रीय कमिटिको निर्णयहरु सुनाउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले अध्यक्ष ओली इख साँध्ने व्यक्ति भएको बताए । उनले महाधिवेशनमा आफूले हराएपछि बदला लिन खोजेको बताए ।


ADVERTISEMENT

# # #


गोमन सापलाई कसैले हिर्कायो र भाग्यो भने उसले हिर्काउने मान्छेको तस्वीर दिमागमा राख्ने र मौका पाउँदा डसिहाल्ने भन्दै उनले भने, ‘उहाँ गोमन सापजस्तै हुनुहुँदोरहेछ ।’

नेकपाको आधिकारिक आफूहरु भएको दाबी गर्दै केपी शर्मा ओली समूहले बालुवाटारमा गरेको बेला रुखको बोक्रा मात्र भएको बताए ।