काठमाडौँ – प्रभु बैंक लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाण्डौ उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोड मार्फत् भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो क्यू आर कोड सेवा प्रभु बैंक लि. र आईडिया स्टुडियो नेपालको सहकार्यमा काठमाण्डौ उपत्यकामा महिला सवारी चालकहरुद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुने बैँकले जनाएको छ । महिला सवारी चालकद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंक को क्यू आर कोड राखिएको छ । उक्त सफा टेम्पुमा यात्रा गर्ने यात्रुहरुले आफ्नो मोबाईलबाट क्यू आर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाईएको छ ।


ADVERTISEMENT

# # #


प्रभु बैंक लि. ले सञ्चालनमा ल्याएको यो क्यू आर कोड सेवाबाट यात्रु महानुभावहरु भाडा भुक्तानी गर्नको लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुनेछन् । यसबाट डिजिटल भुत्तmनीमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।