काठमाडौँ – सरकारले आयातमा कडाइ गर्दै निर्यात प्रर्वद्धन र्ने नीति अख्तियार गरेको भएपनि निर्यात वृद्धिका लागि आवश्यक पहद कदमीको अभावमा निर्यातवृद्धि घटेको छ ।


ADVERTISEMENT


भन्सार विभागले सार्वजनि गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महीनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा निर्यातवृद्धि ७ अर्बले घटेको हो । अघिल्लो वर्ष नेपालबाट हुने निर्यात १० अर्बले बढेकोमा यस वर्ष निर्यातवृद्धि ७ अर्बले घटेर कूल ३ अर्बले मात्र निर्यात बृद्धि भएको देखिन्छ ।
। विभागकाअनुसार पहिलो ५ महीनामा अघिल्लो वर्षको निर्यात रु. ४७ अर्बबाट ३ अर्बले वृद्धि भई ५० अर्बले पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा निर्यात ३७ अर्बबाट १० अर्बले वृद्धि भई ४७ अर्ब पुगेको थियो । सरकारले वृद्धिदर अघिल्लो वर्षको तुलनामा बढ्ने आकलन गरेपनि उल्टो वृद्धिदर घटेको विभागको तथ्यांकले देखाउँछ ।


ADVERTISEMENT

# # #


यस्तै यस अवधिमा आयात अघिल्लो वर्षको तुलनामा रु. ५६ करोडले घटेर रु. ५ खर्ब ८१ अर्बमा सीमित भएको छ ।