काठमाडौँ – चीनले गत वर्ष माघदेखि उत्तरी नाकामा लगाएको अघोषित बन्दका कारण द्धिदेशीय व्यापार प्रभावित भएको छ । विगत ६ वर्षसम्म निरन्तर बढ्दै गएको द्धिदेशीय व्यापार यस वर्ष ऋणात्मक बन्न पुगेको हो ।


ADVERTISEMENT


भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महीनामा नेपाल चीन व्यापार २५ अर्बले घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ५ महीनामा १ खर्ब ३ अर्बको व्यापार भएकोमा चालू आवमा ७७ अर्र्ब ८४ करोडको मात्र अन्तरदेशिय व्यापार भएको छ ।


ADVERTISEMENT

# # #


विभागकाअनुसार आयात रु. २४ अर्बले घटेर रु. ७७ अर्ब ४४ करोडमा सीमित भएको छ भने निर्यात रु. ८६ करोडबाट घटेर ३८ करोडमा ओरालो लागेको छ ।