काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली निरंकुश राणाशासनका सुरुवाताकर्ता प्रधानमन्त्री जंगबहादुर राणाको बाटोतर्फ लागेको दाबी गरेका छन् ।


ADVERTISEMENT


पार्टीको भातृ संगठनले सोमबार केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली संविधान र लोकतन्त्रलाई कुल्चिँदै निरंकुशतन्त्रको पथमा अग्रसर भएको बताएका हुन् । आफूहरु सडकमा नभई जनताको बीचमा पुगेको बताउँदै उनले भने, ‘केपी ओली सामन्ती शासकजस्तो, श्री ३ महाराज बन्ने जंगेको बाटोमा हिंड्नुभयो । त्यहीँबाट उहाँ पराजित हुनुभयो, फेरि हाम्रो विजयको सुरुवात भयो ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको सनकका भरमा विशाधिकार प्रयोग गरेर संसदविघटन गर्ने अवस्थालाई अन्त्य गर्न वर्तमान संविधानमा संसद विघटनको अधिकार प्रधानमन्त्रीबाट खोसेको बताए । उक्त व्यवस्थामा त्यतीबेला स्वयम् केपी ओली पनि सहमत रहेको भन्दै प्रचण्डले भने, ‘तर, अहिले संविधानको मर्म र भावना, सामूहिक विवेकमाथि बडो निर्मम ढंगले, क्रुर ढंगले प्रहार गरियो । यो सदनमाथि वा सांसदमाथिको मात्रै प्रहार होइन । तीन करोड नेपाली जनताको सार्वभौम अधिकारमाथि केपी ओलीले प्रहार गरेका छन् ।’

उनले अनाधिकार प्रहारको प्रतिरोध गर्नु सबैको दायित्व भएको बताए । हुँदै नभएको अधिकार प्रधानमन्त्री ओलीले प्रयोग गरेकोले संसद विघटन नभएको र जीवित नै रहेको दाबी गरे । उनले भने, ‘विघटन त केपी ओली नेतृत्वको सरकार भएको हो । जनताका भावनामाथि प्रहार गरेपछि उ विघटित भएको हो ।’ उनले अदालतले संविधानको भावना अनुसार संदनलाई सुचारु गर्न आदेश दिने विश्वास व्यक्त गरे ।

पार्टीभित्रको विवाद र संघर्षलाई देशमा राजनीतिक संकट ल्याउने हदसम्म गएर इतिहासमा प्रतिगमनको बाहक बन्नु दुर्भाग्य भएको उनले बताए । उनले भने, ‘मैँले के भन्ने गरेको छु भने केपी ओली पराजित हुनुभयो, इतिहासमा कलंकित हुनुभयो । उहाँले कलंकको टीका लगाउनु भयो, फेरि हाम्रो विजयको सुरुवात भयो ।’