काठमाडौँ – काठमाडौँको जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको अरनिको राजमार्ग अन्तर्गतको सडक सीमा क्षेत्रभित्र पर्ने अनधिकृत संरचना हटाउन सम्बन्धित निकायहरूले ३५ दिने समयसीमा दिएका छन्।


ADVERTISEMENT


नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौं महानगरपालिकाको संयुक्त सूचनाअनुसार, मिति वैशाख १० गते सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ १५–१५ मिटर क्षेत्रलाई सडक सीमा भनी चिन्ह लगाइएको थियो। सोही अनुसार सीमाङ्कन गरिएको स्थान खाली गर्न भनिएको छ ।


ADVERTISEMENT

# # #


‘सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ विपरीत बिना नक्सा पास वा नक्सा पास विपरीत बनाइएका अनधिकृत संरचनाहरू सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्तिबाट स्वयं हटाउनुपर्नेछ’, सूचनामा उल्लेख छ ।

तोकिएको म्यादभित्र संरचना नहटाएमा सम्बन्धित निकायहरूले सार्वजनिक सडक ऐन, २०३१, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, भवन निर्माण मापदण्ड तथा कार्यविधि र कार्यालयको निर्णयअनुसार अनधिकृत संरचनाहरू हटाउन बाध्य हुने सूचनामा स्पष्ट उल्लेख गरिएको छ।

सडक विस्तार तथा सवारी आवागमन सहज बनाउनका लागि गरिएको यो पहललाई व्यवस्थित र कानुनी प्रक्रिया अनुसार अगाडि बढाइने बताइएको छ ।

जारी सूचना