काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले एसईईको आवेदन फारम खुलाएको छ ।


ADVERTISEMENT


वोर्डले कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिकतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतका लागि आवेदन खुलाएको हो ।


ADVERTISEMENT

# # #


वोर्डकाअनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ। फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ।

एसईई कहिलेदेखि हुने भन्ने निर्णय भने वोर्डले गरिसकेको छैन । अघिल्लो वर्ष कोरोनाका कारण एसईईको परीक्षा स्थगन गरिएकोमा विद्यार्थीको आन्तरिक मूल्यांकन गरिएको थियो।