काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचनदेखि डराएर नै सडक प्रदर्शनमा उत्रिएका आरोप लगाएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौँको बबरमहलमा अध्यक्ष केपी ओली समूहको नेकपा सुदूरपश्चिम कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भट्टले ताजा जनादेशका लागि आऊँ, पार्टी फुट नगरौँ, एकतावद्ध भएर निर्वाचनमा जाऔँ भन्दा प्रचण्डले जनादेश लिने आँट गर्न नसकेको आरोप लगाए ।


ADVERTISEMENT

# # #


विगतका निर्वाचनमा मतपत्र साँटफेर गरेर,फर्जी मतपत्र बनाएर निर्वाचन जितेका प्रचण्ड  ताजा जनादेशमा जानका लागि निर्वाचनको मिति तोक्दा प्रचण्ड त्यसबाट तर्सिएर संसद विघटनका विरुद्धमा उत्रिएको दाबी गरे । उनले भने, ‘हिजो सिरहामा निर्वाचनमा मतपत्र साँटफेर गरेर,फर्जी मत तयार गरेर जिताइएका प्रचण्डले निर्वाचनमा जाने आँट कहाँ गर्छन् ?