काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले प्रतिगमनकारी शक्तिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गराएको बताएका छन् ।


ADVERTISEMENT


नेकपाको जिल्ला कमिटीले आज आयोजना गरेको ‘ललितपुर महानगरस्तरीय वृहत कार्यकर्ता भेला’ मा उनले मुलुकमा अस्थिरता पैदा गर्ने रणनीति प्रतिगमनकारीले नै सिर्जना गराएका भनाइ राखे । उनले भने, “उनीहरुले नेकपाको कमजोरी सुक्ष्म रुपमा अध्ययन गरेको देखिन्छ, मुलुकमा नयाँ स्थायित्व र सुशासन कसरी प्राप्त गर्ने भन्ने हामीलाई चुनौती भइरहेको हुँदा यसको विरोधमा उभिनेछौँ ।” अब इतिहासले सुम्पिएको नयाँ जिम्मेवारी बहन गर्नुपर्ने बेला भएको मन्त्री थापाले बताए।


ADVERTISEMENT

# # #


यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जनताका बीचमा जान कायर मात्र डराउने बताउँदै अब वैशाखमा हुने भनिएको निर्वाचनमा सबैलाई जुट्न आग्रह गरे । नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद नवराज सिलवालले नेकपालाई तहसनहस गर्न असन्तुष्ट नेता उभिएकाले सबैलाई मिलेर निर्वाचनमा जान अनुरोध गरे ।