काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले गुरुत्वाकर्षणको सिद्धान्त वैज्ञानिक सर आइजाक न्यूटन नभई पूर्वी सभ्यताका विद्वान भाष्कराचार्यले पत्ता लगाएको दाबी गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल स्काउटद्वारा आज आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनले पत्ता लगाएको भन्ने कुरामा सत्य नभएको दाबी गरे । उनले वर्तमान शैक्षिक पाठ्यक्रममा गुरुत्वाकर्षणको सिद्धान्तसम्बन्धी गलत तथ्य उल्लेख गरिएको जिकिर गरे ।


ADVERTISEMENT

# # #


न्यूटनले पत्ता लगाउनु करिब ४ सय वर्षअघि नै गुरुत्वाकर्षणको सिद्धान्त ज्यातिष गुरु भाष्कराचार्यले पत्ता लगाइसकेको उनले दाबी गरे । ‘पाठ्यक्रममा गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनले पत्ता लगाएको भने लेखिएको छ । जुन कुरा सत्य होइन ।’ प्रधानमन्त्री ओलीले भने, ‘न्यूटनले १६ औँ शताब्दीमा पत्ता लगाएका थिए । तर, १२ औँ शताब्दी अर्थात् ११५० मा हाम्रा ज्योतिष गुरु भाष्कराचार्यले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएका थिए ।’

भाष्काचार्यको १२१० मा प्रकाशित कृति ‘सिद्धान्त शिरोमणि’मा गुरुत्वाकर्षण के हो ? फल किन भुईंतिर झर्छ भन्ने कुरा उल्लेख गरेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘जुन कुराले ग्यालिलियोलाई हैरान पारेको थियो, न्यूटनलाई हैरान पारेको थियो, त्यो कुरा ११५० मा पत्ता लगाएका थिए । त्यो कुरा उनको कृति ‘सिद्धान्त शिरोमणि’मा १२१० मा प्रकाशित नै भइसकेको थियो ।’

उनले विश्वविद्यालयको इतिहास पनि यूरोपियन देशहरुबाट नभई पूर्वी क्षेत्रबाट भएको दाबी गरे । उनले भने, ‘पश्चिमा जगतले विश्वविद्यालयको सुरुवात ४–५ सय वर्षअघिदेखि मात्रै मान्छन् । जबकी २८ सय वर्ष अगाडि यस हिमवत खण्डमा तक्षशिला विश्वविद्यालय स्थापना भएको हो ।’