काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाललाई खिया लागेका नटबोल्ड भएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


काठमाडौँ जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले तीन वर्षसम्म पार्टी अगाडि नबढेकोमा दुई वटा नटबोल्ट फेर्दा गाडी अगाडि बढेको बताए । उनले भने, ‘हामीले फेरेको पनि होइन, आफैं फुक्लिए नटबोल्ट । खिया लागेको दुइटा नटबोल्ट के खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि गयो ।’


ADVERTISEMENT

# # #


आफूहरु आधिकारिक भएको दाबी गर्दै उनले नेकपा आफूहरुले बनाएको बताए । अलिअलि मान्छे रत्नपार्कमा सिसिमा औषधि बेच्नेले पनि बटुल्न सक्ने बताउँदै उनले प्रचण्ड नेपालको आन्दोलनले केही फरक नपर्ने बताए । उनले भने, ‘उहाँहरुको एजेण्डा जनता होइन, संविधानको रक्षा होइन ।’