काठमाडौँ – नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


शनिबार पोखरामा आयोजित कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले गरेको हरेक गतिविधीहरु प्रदेश स्तरीय एशोसिएशनहरुलाई जानकारी हुनु पर्ने र त्यसैगरी प्रदेश स्तरीय एशोसिएशनहरुको गतिविधिहरु पनि नाडालाई जानकारी हुनु पर्ने बताए । उनले नाडाले सबै प्रदेश स्तरीय एशोसिएशनहरुमा पनि प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दे लैजाने लक्ष्य लिएको जानकारी दिए। ‘अहिलेको विधानमा सबै प्रदेशहरुलाई समावेश गरी थप सशक्त बनाउने प्रयास गरेका छौँ। सडक विस्तारमा सुधार भई रहे पनि त्यो पर्याप्त छैन ।’ उनले भने, ‘हामीले ट्राफिक प्रहरीसंग पनि विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएका छौँ ।’


ADVERTISEMENT

# # #


त्यसैगरी सो कार्यक्रमका प्रमुख अतिथी तथा नाडाका पूर्व अध्यक्ष सौरभ ज्योतीले नाडा र वाडा एक जुट भएर अघि बढनु पर्ने धारणा राख्दै सरकारले राजधानीमा प्रदुषण बढेको कारण देखाउदै सवारी साधनहरुको आयातमा नै नियन्त्रण गर्न खोजेको महसुस भई रहेको बताए। यसै क्रममा उनले वाडाले आफ्नो प्रदेश सरकारसंग समन्वय गरेर अघि बढ्नु पर्ने उल्लेख गरे ।

अटोमोवाइल वस्तुहरुको तथ्याङ्क राख्नु अत्यन्तै जरुरी रहेको बताउँदै उनले भने, ‘यसो भएमा हामीले तथ्यगत रुपमा आफ्ना मागहरु सरकार समक्ष राख्न सक्ने हुँदा हाम्रा मागहरु पुरा हुन सक्ने सम्भावना बढेर जान्छ । नेपालमा अटोमोवाइल जर्नालिजम अघि बढ्न नसकेको सन्दर्भमा हामीले त्यसलाई अघि बढाउन सक्दो प्रयास गर्नु पर्छ ।’

सो कार्यक्रममा महासचिव सुनिल रिजालले अटोमोवाइल स्पेयर पार्टसहरु आयात गर्दा भन्सार नाकाहरुमा हुने समस्याहरु बारे जानकारी दिए । त्यसको समाधानका लागी समेत आफनो सुझाजहरु व्यक्त गरे । यसै क्रममा उनले सबै व्यवसायीहरुले स्वच्छ व्यवसायलाई प्रवर्द्धन गर्नु पर्ने धारणा समेत राखे । सो कार्यक्रममा नाडा र वाडाका पदाधिकारी तथा सदस्यहरु बीच विभिन्न विषयहरुमा विचारहरु आदान प्रदान भएको थियो । कार्यक्रममा नाडा र वाडाका पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थिती रहेको थियो ।

नाडाले शुक्रबाते पोखरामा नै नाडाको केन्द्रीय कार्य समितिको ७ औं बैठक समेत सम्पन्न गरेको थियो । उक्त बैठकले आगामी फागुन २१ गते नाडाको ४४ औं वार्षिक साधारण सभा होटेल याक एण्ड यतिमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । सो बैठकले महासचिव सुनिल रिजालको संयोजकत्वमा सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया समेत सदस्य रहनेगरी चार सदसिय ४४ औं वार्षिक साधारण सभा तयारी समिति समेत गठन गरेको जनाएको छ ।