काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी नीतिका कारण निजी क्षेत्रमा लगानी बढ्न नसकेको बताएका छन् । उनले राज्यले निजीक्षेत्रलाई हेर्ने दृष्टिकोण परम्परागत रहेकाले त्यसले व्यवसायीलाई सहजीकरण भन्दा निरुत्साहित गरेको बताए ।


ADVERTISEMENT


सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने उनको भनाइ थियो ।
बागलुङ बजारमा आयोजित बागलुङ उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तै नीतिका कारण पनि मलेशियाले छोटै समयमा विकास गरेका नमूनाहरुका उदाहरणहरु प्रस्तुत गर्दै ढकालले जबसम्म राज्यले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिँदैन निजी क्षेत्रको लगानी विस्तार हुन नसक्ने बताए ।


ADVERTISEMENT

# # #


ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए । पूँजीका कारण व्यवसाय शुरु गर्न कठिन नभएको बताउँदै उनले राज्यको नीति व्यवसायमैत्री भएमा देशमा धेरै लगानीका सम्भावनाहरु भएको उनको भनाइ थियो ।

‘व्यवसायीजति सबै नाफाखोर मात्र हुन् भन्ने तथा व्यवसायीले राज्यसँग लगानी या व्यवसायमैत्री वातावरण या आफ्नो व्यवासायिक सुरक्षा आदिको माग गर्दा कुनै व्यक्तिका लागि मागेजस्तो व्यवहार राज्यले हेर्ने र परम्परागत दृष्टिकोणहरु अहिले पनि कायमै छ,’ उनले भने, ‘जसकारण देशमा उद्योग तथा व्यवसायका क्षेत्रमा सहज वातावरण बन्न सकेको छैन।’