काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडशेडिङकाे अन्त्य प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका हुन भन्ने दाबी गरे । नेपाल बिद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ सामान्य व्यवस्थापक मात्र भएकाले उज्यालाे नेपालकाे श्रेयका हकदार कुलमान नभएर प्रधानमन्त्री ओली  नै रहेकाे उनले जिकिर गरे । त्यसको केही दिन नबित्दै नवनियुक्त ऊर्जा मन्त्री टाेपबहादुर रायमाझीले लोडशेडिङ अन्त्यको अवधारणा अरू कसैकाे नभएर आफ्नो निजि रहृकाे बताए । यद्यपि, यतिबेला भने जनताका घरहरूमा झ्याप्प झ्याप्प बिजुली जाने गरेकाे छ ।


ADVERTISEMENT


गत साता मात्र विभिन्न ठाउँमा दिनमै आधा दर्जनभन्दा बढी पटक घण्टौँ बिजुली काटियो भने शुक्रवार प्राधिकरणले लोडशेडिङकै झल्को दिने गरी ललितपुरका विभिन्न स्थानमा लोड कम गर्न विद्युत् आपूर्ति बन्द गरिने सूचना नै निकाल्यो । तथापि, विद्युत् आपूर्तिमा कुनै समस्या नभएको र पुनः लोडशेडिङ नहुने दाबी प्राधिकरणको छ ।


ADVERTISEMENT

# # #


यद्यपि, पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्प झ्याप्प बिजुली काटिने समस्या बढ्दै गएकाले फेरि लोडशेडिङ हुने हो कि भन्ने त्रास जनमानसमा छ । यता विद्युत्को वैकल्पिक स्रोतको रूपमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महीनामा अघिल्लो वर्षको तुलनामा ३५९ प्रतिशतले जेनेरेटरको आयात बढेको छ ।

अघिल्लो आवको पहिलो ५ महीनामा १५४ थान मात्र जेनेरेटर आयात भएकोमा चालू आवमा जेनेरेटर आयातको संख्या १५४ पुगेको छ । यस्तै, ब्याट्रीको आयात पनि ७७ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

विगत ४ वर्षको तथ्यांक हेर्दा लोडशेडिङ अन्त्य हुनुपूर्व नेपालमा जेनेरेटर तथा ब्याट्रीको आयात उच्च थियो, जुन हरेक वर्ष बढ्दै गएको देखिन्थ्यो । कुलमान घिसिङको कार्यकालमा २०७५ बैसाखदेखि नेपाललाई लोडशेडिङमुक्त घोषणा गरिएकोमा बैशाखदेखि माघसम्म केही मात्रामा जेनेरेटर ब्याट्री तथा इन्भर्टरको आयात घट्दै गएको थियो । माघपछि इन्भटरको आयात शून्यप्राय भएकोमा जेनेरेटर तथा ब्याट्रीको आयात ह्वात्तै घटेको थियो । यद्यपि, कुलमानको बहिरगमनको चर्चासँगै चालू आवको शुरुदेखि नै यस्ता उपकरणको आयात पुनः बढ्न थालेको देखिएको छ ।

तर यस वर्ष गत वर्षको भन्दा विद्युत्को माग बढेको र विद्युत् कटौतीको समय पनि घटेको प्राधिकरणको दाबी छ । हिटरको प्रयोग बढ्दा विभिन्न ठाउँमा पुराना तारहरु पग्लिन थालेकाले मर्मत गर्न लाग्दा केही समय विद्युत् काटिएको दाबी प्राधिकरणको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले यस वर्ष अघिल्लो वर्षको तुलनामा माग बढेपनि बिद्युत् कटौतीको समय घटेको बताए । प्राधिकरणमा कुनै समस्या नभएको बताउँदै उनले त्रासका कारण बिचौलियाले वा व्यक्तिगत रुपमा जेनेरेटर आयात गर्ने क्रम बढेको हुन सक्ने बताए । उनले भने, ‘प्राधिकरण उपभोक्ताको हितका लागि सँधैँ प्रतिवद्ध छ, लोडशेडिङ हुँदैन।’