वीरगञ्ज – प्रदेश २ प्रमुख भएर गएदेखि नै डीआइजी चन्दप्रकाश गौतम सीमामा हुने सुरक्षा, अपराध तथा चोरी पैठारी रोक्न आफै सिमामा गस्ती गरिरहेका छन् । उनले सशस्त्र प्रहरीको पोष्टमा आफैँ गस्ती गर्ने गरेको, दिनरात पेट्रोलियम गस्ती बढाइएको तथा आचरण विपरीत काम गर्ने घुमुवा तथा सशस्त्र प्रहरीलाई निरुत्साहित गर्ने काम भइरहेको बताए ।


ADVERTISEMENT


हालै प्रहरीको आचारणविपरित काम गर्ने सादा पोशाकमा खटिएका ७५ जना घुमुवा प्रहरीलाई कारवाही गरेर उनले नयाँ घुमुवा सिमामा पठाएका छन् । प्रदेशको कमाण्ड सम्हालन गएकै दिनदेखि सीमामा सुरक्षा, अपराध तथा चोरी पैठारी रोक्न सादा पोशाकमा खटाएका आफ्ना अधिकारीहरुको क्रियाकलपाको गुनासो र उनीहरुका संगठनको नीति विपरित गतिविधीको गुनासो सुनेका उनले घुमुवाको सेट नै परिवर्तन गरेका छन् ।


ADVERTISEMENT

# # #


यसले तस्करको निदहराम भएको छ । जसकारण डीआइजी गौतमलाई यतिबेला आफूनिकट घुमुवाको सिफारिसका लागि दैनिक २०/२५ कल फोन आउने गरेको छ ।

तर उनले नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले तस्करसँग मिलेर आचरण विपरीत काम गर्न थालेपछि उनीहरुलाई कारबाहीस्वरुप महोत्तरीको बर्दिवासस्थित मुख्यालयमा तानेर घुमुवाको नयाँ सेट सिमामा पठाएका छन् । उनी आफै पनि निरन्तर गस्तीमा खटिएका छन् ।
जसकारण उनीले कमाण्ड सारेको केही दिनमै तस्करी धेरै हदसम्म नियन्त्रणमा आएको संगठनका प्रहरीहरु बताउँछन् ।

गौतमले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप, चोरी तस्करी नियन्त्रण गर्न तथा अपराध गरेर लुकेका अपराधीबारे सूचना दिन भारतीय समकक्षीहरुसँग पनि समन्वय गरेर अघि बढेको बताए ।