काठमाडौँ – न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलास छाडेका छन् । कानुन व्यवसायीहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले आफू संसद विघटनको मुद्दाको सुनुवाईमा नबस्ने घोषणा गरेका हुन् ।


ADVERTISEMENT


प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकेका थिए ।


ADVERTISEMENT

# # #


तर, न्यायाधीश कार्कीले प्रधानमन्त्री केपी ओलीको महान्यायाधीवक्ता समेत भएर काम गरेकाले उनीमाथि कानुन व्यवसायीहरुले निष्पक्षताको प्रश्न उठाएपछि कार्कीले इजलासमा नबस्ने घोषणा गरेका हुन् ।