काठमाडौँ – संसद विघटनविरुद्ध परेको रिटहरु हेर्न गठित संवैधानिक इजलासबारे प्रश्न उठेपछि सुनुवाईको प्रक्रिया प्रभावित भएको छ ।


ADVERTISEMENT


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अर्का न्यायाधीशलाई संवैधानिक इजलासमा तोकेपछि मात्र सुनुवाइ हुने भएको छ। संवैधानिक इजलासमा शुक्रबार र बुधबार सुनुवाइ हुन्छ ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकेका थिए ।

अब अर्को इजलास आउँदो बुधबार हुनेछ ।