काठमाडौँ – राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी ओलीले निरंकुशतन्त्रको अभ्यास गरिरहेको आरोप लगाएका छन् । बिहीबार राष्ट्रिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद रायमाझीले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले हिटलरझैँ निरंकुशतन्त्रको बाटो समातेको बताएका हुन् ।


ADVERTISEMENT


‘असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्रीले अहिले मन्त्रिमण्डल पुनर्गठन गरिरहेका छन् । निर्वाचनमा हारेका मान्छेलाई मन्त्री बनाइरहेका छन् । संविधान प्रधानमन्त्रीले मान्नु नपर्ने ? अरु दलले मान्दिनुपर्ने ?’ सांसद रायमाझीले भने, ‘प्रधानमन्त्री यो देशको हिटलर हो ? उहाँलाई जे मन लाग्यो त्यही गर्ने ?’


ADVERTISEMENT

# # #


प्रधानमन्त्री बन्नका लागि संसदको सदस्य र बहुमत सदस्यको समर्थनका साथै मानसिक सन्तुलन ठीक भएको संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले भने, ‘उहाँ अहिले प्रतिनिधिसभाको सदस्य हुनुहुन्न । बहुमत सदस्यको समर्थन पनि उहाँलाई छैन । अब उहाँलाई अब प्रधानमन्त्री भन्ने कि नभन्ने ? संविधान मिचेर काम गर्ने व्यक्ति यो देशको प्रधानमन्त्री हुन्छ कि हुँदैन ? उहाँलाई मानसिक सन्तुलन गुमेको भन्ने कि नभन्ने ?’

यस्तै उनले सरकारले सिफरिस गरेका हरेक निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकाले उनीमाथि पनि योग्यताको प्रश्न चिन्ह पैदा गरेको बताए ।