काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले विघटित प्रतिनिधिसभा अब कुनै पनि हालतमा पुनर्स्थापना हुन नसक्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार कैलालीको धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संविधान अनुसार नै प्रतिनिधिसभा विघटन गरिएको जिकिर गर्दै कुनै भ्रमममा नपर्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा विघटन असंवैधानिक छ भन्नेहरुलाई उनले एकपटक संविधान पढ्न सुझाए । संसदको ६४ प्रतिशत सदस्यको प्रतिनिधित्व गर्ने प्रधानमन्त्री आफू मात्रै भएको र सरकार निर्माणका लागि अर्को विकल्प नभएपछि संसद विघटन गरिएको दाबी गरे । उनले प्रतिनिधिसभा अब चुनाबबाट मात्रै फर्किने जिकिर गरे ।

उनले भने, ‘अर्को विकल्प नभएपछि संसद पुनर्स्थापना हुन्छ भन्ने कुरा संवैधानिक, व्यवहारिक, कानुनी आवश्यकताको सिद्धान्त, अन्तराष्ट्रिय मर्यादा कुनै पनि हिसाबले उचित छैन । अब चुनावबाट प्रतिनिधिसभा फर्किन्छ ।’

केपी ओलीले चुनाव गर्दैन भन्नेलाई चुनौति दिँदै उनले चुनौव बैशाख १७ र २७ गतेमै हुने जिकिर गरे । सरकारको सिफारिस अनुसार नै निर्वाचन आयोग तयारीमा लागिसकेको उनले बताए ।