काठमाडौँ – मुक्तिनाथ विकास बैंकले चौधौँ साधारण सभाको उत्सव मनाएको छ ।


ADVERTISEMENT


बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा भएको साधारणले आर्थिक बर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सहित आव ०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई (४.२५७४ प्रतिशत नगद लाभांस र ११.२५ बोनस सेयर सहित) १५.५०७४ प्रतिशत लाभांस वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।


ADVERTISEMENT

# # #


अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

सभामा कोरोनाको जोखिमका कारण शेयरधनीलाई भच्र्युल माध्यमबाट सहभागी गराइएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।