सर्लाही – अख्तियार अनुसन्धान आयोग बर्दिबासले सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयबाट नायब सुब्बा (नासु) र लेखापढी व्यवसायीलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।


ADVERTISEMENT


बर्दिबासबाट खटिएको अख्तियारको टोलीले नासु बेधनिधि बरालसहित लेखापढी व्यवसायी रामसुन्दर महतोलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


लालपूर्जामा नाम सच्याउने नाममा एकजना सेवाग्राहीसँग रु ११ हजार घुस लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ ।