विराटनगर – उद्योगसचिव चन्द्रकुमार घिमिरेले देशको अर्थतन्त्र रेमिट्यान्सले नभएर उद्योगले धान्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश १ ले आयोजना गरेको छलफल कार्यक्रममा रेमिट्यान्सले अर्थतन्त्र धानेकोमा यसले रेमिट्यान्स आयातकर्ता र जग्गाधनीलाई फाइदा पुगेको उनले बताए ।


ADVERTISEMENT


उद्योगको विकास नभई अर्थतन्त्र मजबुत हुननसक्ने बताउँदै उनले वैदेशिक लगानी पूँजीमा मात्र नभएर ज्ञन, सीप र प्रविधिमा पनि हुनुपर्ने बताए । उनले भने, ‘आजको युगमा पुरानै ढर्राबाट कारोवार हुननसक्ने भएकाले आधुनिक प्रविधिमा जानैपर्छ ।’


ADVERTISEMENT

# # #


कोभिड १९ का कारण उद्योग क्षेत्रमा परेको असरको अध्ययनको क्रममा सचिव घिमिरेको नेतृत्वमा विराटनगर पुगेको थियो । उक्त भेटघाटमा उद्योगीहरुले साना ठूला लगानीकर्तालाई मात्र नभएर साना उद्योगीलाई पनि एकद्धार प्रणालीमा लानुपर्ने बताएका थिए ।

कार्यक्रममा कोरोनाबाट धरासयी उद्योगलाई पुनःर्जीवन दिन सरकारले राहत प्याकेज ल्याउनुपर्ने माग गरेको प्रदेश एक कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिए ।