काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंँ पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीले आज अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाएका हुन्।


ADVERTISEMENT

# # #


ट्वीटरमा उनले भनेका छन्, ‘नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ । आज उहाँको २९९ औं जन्मजयन्तिको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दछु।’