काठमाडौँ – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ भएको छ । सोमबार मुम्बईको ब्रीच केन्डी अस्पतालमा अनुष्काले छोरीलाई जन्म दिएकी हुन् ।


ADVERTISEMENT


विराटले सामाजिक सञ्जालमा एक स्टेटमेन्ट जारी गर्दै छोरीको आगमन भएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


‘हामी दुबैजनालाई यो बताउँदै गर्दा खुसी महसुस भइरहेको छ कि आज अपरान्ह हामीलाई छोरी प्राप्त भएकी छन् । हाम्ी तपाईंको माया र शुभकामनाका लागि हृदयदेखि नै आभारी छौँ ।’ उनले भनेका छन्, ‘अनुष्का र छोरीको स्वास्थ्य अवस्था एकदमै ठीक छ ।’