काठमाडौँ – नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले प्रदान गर्ने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा वर्ष २०७६ को उत्कृष्ट महिला खेलाडीको अवार्ड स्वीमिङ खेलाडी गौरिका सिंहले जितेकी छन् ।  ४ जना खेलाडीलाई पछि पार्दै गौरिकाले उत्कृष्ट खेलाडीको अवार्ड चुमेकी हुन् ।


ADVERTISEMENT


गत वर्ष काठमाडौँमा भएको १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा गौरिकाले १ सय, २ सय र ४ सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्याकस्ट्रोकमा गरी नेपाललाई ऐतिहासिक ४ वटा स्वर्ण पदक दिलाएकी थिइन् । सोही प्रतियोगितामा उनले २ रजत र ३ कास्य पदक समेत उनले जितेकी थिइन् ।


ADVERTISEMENT

# # #


गौरिकाले उत्कृष्ट खेलाडीको मनोनयनमा परेका तेक्वान्दोकी आयशा शाक्य, कराँतेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, ट्राइथ्लनकी सोनी गुरुङलाई पछि पारेकी हुन् ।

यस्तै भलिवलकी अरुणा शाहीले पिपुल्स च्वाइस अर्वाड जितेकी छन् । उनले स्वीमिङकी गौरिका सिंह, कराँतेका मन्देकाजी श्रेष्ठ, महिला फुटबलकी सावित्रा भण्डारी, बास्केटबलमा सदिन श्रेष्ठलाई पछि पारेकी हुन् । त्यसका लागि इसेवा, फेसबुक लाइक, प्रमुख कोच, खेलकुद पत्रकार मन्च मार्फत भोट संकलन गरिएको थियो ।

यस्तै वर्षको उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार कराँतेका मन्देकाजी श्रेष्ठले जितेका छन् । उनले विकेश कुथु (फुटबल), एथ्लेटिक्सका गोपी चन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, गल्फका सुवास तामाङलाई पछि पारेका हुन् । उनले १३ औँ सागमा टिम काता र एकलमा गरी नेपाललाई २ वटा स्वर्ण जिताएका थिए ।

यस्तै लाइफ टाइम एचिभमेन्ट अवार्ड गीता क्षेत्री र सिजरिन शाकहले जितेका छन् । यस्तै एशियन स्पोर्टस् जर्नालिस्ट अवार्ड मलेसियाका अहमद खवारी महम्मद इशाले जितेका छन् ।

कसले कुन अवार्ड जिते ?

उत्कृष्ट वर्ष खेलाडी
गौरिका सिंह (स्वीमिङ)

पिपुल्स च्वाइस अर्वाड
अरुणा शाही (भलिबल)

वर्षको उत्कृष्ट पुरुष खेलाडी
मन्देकाजी श्रेष्ठ (कराँते)

वर्षको उत्कृष्ट महिला खेलाडी
गौरिका सिंह (स्वीमिङ)

वर्षको उत्कृष्ट युवा खेलाडी
सुवास तामाङ (गल्फ)

वर्षको उत्कृष्ट प्रशिक्षक
नविन कुमार श्रेष्ठ (तेक्वान्दो)

प्यारा एथ्लिट अवार्ड
विगमसिंह चेम्जोङ (पारा खेलाडी)

स्पेशल अवार्ड
सन्तोषी श्रेष्ठ (एथ्लिेटिक्स)
आयशा शाक्य (तेक्वान्दो)