काठमाडौँ – प्रदेश नम्बर २ का ८ जिल्लामा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनपछि मतगणना जारी छ । अहिलेसम्म ४५ स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ भने अन्यको नतिजा आउने क्रम जारी छ।


ADVERTISEMENT


सबै स्थानीय तहमा मतगणना सुरु भइरहेको निर्वाचन आयोगले जनाएको छ । ८ वटा जिल्लाका १३६ वटा स्थानीय तहमा गत असोज २ मा मतदान भएको थियो । प्रदेश नम्बर २ का स्थानीय तहका १३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म गर्ने गरी मतगणनामा भइरहेको छ।


ADVERTISEMENT

# # #


दुई नम्बर प्रदेशको स्थानीय निर्वाचनअन्तर्गत ४५ तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेसले १५ तहमा जित हासिल गरेको छ भने मोओवादी केन्द्रले ९ स्थान कब्जा गरेको छ ।

यस्तै राजपाले ७ तथा उपेन्द्र यादवको संघीय समाजवादी फोरमले ६ स्थानमा जित दर्ता गरेको छ । एमाले ५ स्थानमा विजय भइरहँदा विजय गच्छदारको फोरम लोकतान्त्रिकले २ स्थानमा जितेको छ ।